यस्ता छन् सुरक्षित र आकर्षक ढोकाको लागि उपयुक्त चुकुलहरू

काठमाडौँ। आजभोली घर बनाउँदा हामीले पक्कै पनि नयाँ डिजाइन अनुसारले निर्माण गर्न खोज्छौँ। घरहरूको डिजाइनमा विविधता आएसँगै घरमा प्रयोग हुने सबैखाले सामग्रीहरूमा नयाँपन आएको छ।

आजको लेखमा यहाँ घरको सुरक्षाको लागि प्रयोग हुने सामग्री चुकुलको बारेमा जानकारी दिने छौँ। अहिले घरको ढोकामा प्रयोग गरीने चुकुलका विभिन्न डिजाइन र प्रविधि प्रयोगमा आइसकेका छन्। जसले सुरक्षा प्रत्याभूति बढाउनुका साथै घरलाई आकर्षक पनि देखाउँछ। 

यी हुन् चलनचल्तीमा रहेका चुकुलहरू

१. सिङ्गल नब (Single Knob)

यो साधारण प्रकारको डोर नब हो। यसको एक छेउमा समाउने नब हुन्छ। जुन घुमाएर ढोका खोल्न सकिन्छ। यस्तो नब आवासीय क्षेत्रका लागि उपयुक्त हुन्छ।

२. डबल नब (Double Knob)

डबल नबमा ढोकाको दुवै छेउमा चुकुल हुन्छ। यसको प्रयोग मुख्यतः प्रवेशद्वार, बेडरूम, र अफिसको ढोकामा गर्ने गरिन्छ।

३. प्यासेज नब (Passage Knob)

यस्तो प्रकारको डिजाइनमा भने चुकुल हुँदैन। यो सामान्यतया सुरक्षा वा गोपनीयता आवश्यक नपर्ने भित्री ढोका, प्यासेज, दराजका भित्री घर्रा, किचेन र्याक आदिमा प्रयोग हुने गर्दछन्। 

४. प्राइवेसी नब (Privacy Knob) 

यस प्रकारको चुकुल ढोकाको भित्री भागबाट नब घुमाएर ढोका बन्द गर्न सकिन्छ भने बाहिरपट्टि साँचो लगाउने तरिकाले डिजाइन गरिएको हुन्छ।

५. डिजिटल वा स्मार्ट नब (Privacy Knob)

प्रविधिको विकाससँगै आएका स्मार्ट नबले ढोकालाई उच्चस्तरीय सुरक्षा प्रदान गर्छन्। यसमा पासवर्ड, फिंगरप्रिन्ट, वा कार्ड स्क्यानर प्रणाली हुन्छ। जुन हिजोआज नब घर तथा अफिसका मुख्य ढोकामा प्रयोग भएको पाइन्छ।

६. लिभर नब (Privacy Knob)   

लिभर नबलाई लामो, पातलो ह्यान्डलको रूपमा डिजाइन गरिएको हुन्छ। जसलाई तल वा माथि थिचेर ढोका सजिलै खोल्न सकिन्छ। यस प्रकारको चुकुल डिजाईनले ढोकालाई आधुनिक र स्टाइलिश देखाउँछ।  


प्रतिक्रिया