बोटलर्स नेपालको सेयरधनीहरूलाई ५० प्रतिशत नगद लाभांश

काठमाडौँ।  बोटलर्स नेपाल (तराई) ले आफ्ना सेयरधनीहरूलाई ५० प्रतिशत नगद लाभांश वितरण गरेको छ। कम्पनीले गत आर्थिक बर्ष ०८०/८१ को मुनाफाबाट करसमेत गरी ५० प्रतिशत नगद लाभांश वितरण गरेको हो। 

पुस २६ गते सम्पन्न ३८औँ बार्षिक साधारण सभाले पारित गरेको उक्त लाभांश रकम कम्पनीले ६ गते माघदेखि सेयरधनीहरूको खातामा पठाउन थालेको हो।

कम्पनीले लाभांश प्राप्त गर्नका लागि सेयरधनीहरूलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न समेत आग्रह गरेको छ।

प्रतिक्रिया