काठमाडौँ। दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज अर्थात असार २३ गते सोमबार अन्तिम दिन हो।
लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्। यस कम्पनीले असार ९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ बिक्री खुला गरेको हो।
यस कम्पनीको जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको शेयर बिक्री गर्ने अनुमति पाएको छ। जसमध्ये कम्पनीले १ सय अंकित मूल्यमा १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजना प्रभावित गुल्मी जिल्लाको मुसीकोट नगरपालिका, बाग्लुङ जिल्लाको गलकोट नगरपालिका र बाग्लुङ जिल्लाको बडीगाँउ गाँउपालीकाका स्थानीयलाई बिक्री खुला गरेको हो।
कम्पनीको सर्वसाधारणका लागि निष्कासन हुने २९ लाख १९ हजार ५०० कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ९१ हजार १५० कित्ता शेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सक्नेछन्। यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
यसका साथै, आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गलकोठ शाखा, प्रभु बैंक गलकोट शाखा र दरम खोला पावरहाउस मानेवापाटबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीय बासिन्दाले दरखास्त फारम लिनका लागि २ रुपैयाँ शुक समेत लाग्ने छ।
यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन्। यसमा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।