काठमाडौँ। सानिमा जीआइसी इन्सुरेन्स कम्पनीको लाभांश प्रस्ताव पारित गर्न आज चैत २१ गते बिहीबार वार्षिक साधारण सभा बोलाएको छ।
सभा काठमाडौँ स्थित अमृतभोग कालिकास्थानमा बिहान ११ बजे सुरू हुने जनाइको छ। साधारण सभामा कम्पनीले सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।
साथै, सभाले छैटौं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद सेयर संशोधन गरी अब १७ प्रतिशतमात्र हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ। सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ।
आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले गत चैत ८ गते नै बुक क्लोज गरिसकेको छ। तसर्थ, चैत ७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar