घर बनाउँने सोचमा हुनुहुन्छ? यस्तो ठाउँमा नबनाउनुहोस् घर

काठमाडौँ। अविरल वर्षा, बाढीपहिरो, भूकम्पलगायत विविध कारणबाट नेपालमा धेरै धनजनको क्षति हुने गर्दछ। 

२०७२ मा गएको महाभूकम्पले देशैभर ठूलो संख्यामा घर तथा भवन भत्किए, घर भत्किएर हजारौंले ज्यान पनि गुमाए। गत वर्ष पश्‍चिम नेपालमा गएको भूकम्पले पनि नेपालमा थप क्षति पुरायो।

नेपालमा वर्षाको समयमा बाढी आएर, पहिरो खसेर धनजनको क्षति हुने क्रम अझै रोकिन सकेको छैन। किन कि नेपालको भौगोलिक बनावटले पनि धेरै फरक पारेको छ। यस वर्ष पनि असोज ११ र १२ आएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यका लगायतका धेरै ठाउँहरू डुबान र पहिरोमा परे। बाढीपहिरोमा परेर ठूलो संख्यामा घरहरू पुरिए/बगे भने धेरैले ज्यान ज्यान समेत गुमाए।

यसको अलवा दलदल भएको ठाउँ, पानी जम्ने ठाउँ, सिमसार, भिरालो जग्गा, चिरा परेको ठाउँ, ढुंगा झर्ने ठाउँहरूमा घर बनाउँदा क्षति हुन्छ। किन कि गत असोजको अबिरल बर्षाले यस्तो सङ्केत देखाएको छ भने हामीले घर बनाउँनका लागि जग्गा छनौट गर्दा दलदल भएको ठाउँ, पानी जम्ने ठाउँ, भिरालो जग्गा, चिरा परेको ठाउँ, ढुंगा झर्ने ठाउँहरूमा सकेसम्म घर निर्माण गर्नु हुँदैन किन कि यस्तो ठाउँमा पछि जोखिम निम्तिन सक्छ।  

 आजको लेखमा घर तथा भवन निर्माणका लागि कस्तो निर्माणस्थल छनोट गर्ने भन्ने बारे हामी यहाँ चर्चा गर्नेछौँ। 

१) भवन निर्माणका लागि समथर जमिन उपयुक्त हुन्छ। यस्तो ठाउँमा ढुंगा खस्‍ने वा पहिरो जाने सम्भवना एकदमै न्यून हुन्छ।

२) पहिरो जान सक्ने क्षेत्र, पहिरो गइरहेको क्षेत्र, भौगर्भिक चिरा परेको ठाउँ, नदीको बगर वा सिमसार (दलदल), ढुंगा झर्ने ठाउँ, भिरालो क्षेत्र, माटो भरेको वा पुरुवा माटो भएको ठाउँमा  घर बनाउन नहुने शहरी विभागको सुझाव छ।

माथि उल्लेखित स्थानहरूमा घर वा भवन निर्माण कार्यका लागि अनुपयूक्त हुने हुँदा त्यस्ता ठाउँमा निर्माण निर्माण कार्य नगर्दा उपयुक्त हुन्छ तर, यदि निर्माण कार्य गर्नैपर्ने भएमा प्राविधिकसँग पर्याप्त  सरसल्लाह गरि सतर्कता अपनाएर घर बनाउन सकिन्छ। 

प्रतिक्रिया