यस्तो रहने छ आजको मौसम

weather forecast

काठमाडौँ।  देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। 

राति पनि देशभरको मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया