त्रिदेशीय महिला टी–२० क्रिकेटमा आज नेदरल्यान्ड्स र थाइल्याण्ड भिड्दै

काठमाण्डौँ।  त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्याण्ड भिड्दै छन्। खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट  शुरू हुनेछ।

हिजो भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भयो। त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड रहेका छन्।

प्रतियोगितामा भोलि नेपाल र थाइल्यान्ड, पर्सि नेदरल्यान्ड्स र नेपाल, माघ २१ गते थाइल्यान्ड र नेदरल्यान्ड्स, माघ २२ गते थाइल्यान्ड र नेपालबीच खेल हुनेछ।

यसका साथै माघ २३ गते नेपाल र नेदरल्यान्ड्स, माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्ड तथा माघ २५ गते नेपाल र थाइल्यान्ड खेल्नेछन्। लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।

प्रतिक्रिया