काठमाडौँ । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गरिएको छ।
आज राति ९ बजे राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित प्रधानमन्त्री कार्कीले शपथ लिनुहुनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई यो ऐतिहासिक जिम्मेवारी सुम्पिएका छन्।
शपथपछि प्रधानमन्त्री कार्कीले तुरुन्तै आफ्नो मन्त्रिपरिषद् विस्तार गर्नेछिन्। आजै तीन सदस्यीय मन्त्रीमण्डल गठन हुने भएको छ, जसले देशलाई नयाँ दिशातर्फ डोर्याउने पहिलो कदम चाल्नेछ।
यो नयाँ नेतृत्वले शान्ति, स्थिरता र भ्रष्टाचारमुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। जेन–जी पुस्ताको माग र देशको समृद्धिको सपनालाई साकार पार्न यो सरकारले कसरी काम गर्छ, त्यो हेर्न बाँकी छ।
27 Bhadra 2082, Shukrabar 08:42 मा प्रकाशित
244
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar