सिमेन्टको मूल्य घटाउने सहमति

काठमडौँ।  निर्माण व्यवसायीसँगको छलफलपछि सिमेन्ट उद्योगी व्यवसायीहरूले सिमेन्टको मूल्य घटाउने सहमति गरेका छन्।

बुधबार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघले जनाएको छ। 

छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष सिंहले काठमाडौँ उपत्यकामा ओपिसी सिमेन्ट ७०० रूपैयाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरूले प्रतिबद्धता जाहेर गरेको बताए।

महासंघका अनुसार काठमाडौँ उपत्यकामा अब ६०० रूपैयाँमा पिसिसी सिमेन्ट पाउन सकिन्छ। सिमेन्ट उद्योगीहरू धरासायी हुनेगरी बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको संघको भनाइ छ।

सिमेन्ट उत्पादक संघले नयाँ मूल्यसूची छिट्टै कार्यान्वयन गर्ने विश्वास लिएको छ। सिमेन्टको मूल्य प्रतिबोरा ७८० रूपैयाँसम्म पुगेको थियो। 

प्रतिक्रिया