घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। आज (माघ १४ गते) सुनको भाउ तोलामा ३०० रूपैयाँले घटेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रूपैयाँले घटेर १ लाख ६० हजार १०० रूपैयाँ कायम भएको छ। यसअघि, आइतबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो। 

यता, आज चाँदीको भाउ पनि तोलामा १५ रूपैयाँले घटेर १८ सय ५० रूपैयाँ कायम भएको छ। यसअघि आइतबार चाँदीको भाउ प्रतितोला १८ सय ६५ रूपैयाँ कायम भएको थियो। 


प्रतिक्रिया