काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार बैंकले ९ महिना (साउन–चैत्र)सम्ममा ४३ करोड ४२ लाख १८ हजार रूपैयाँ नाफा कमाएको छ।
जुन गत आर्थिक बर्षको चैत्र मसान्तको तुलनामा ६१.१९ प्रतिशतले बढी हो भने चालु आवकै गत त्रैमास (पुस मसान्त) को तुलनामा १२०.९१ प्रतिशतले बढी हो। गत बर्ष सोही अवधिमा यस बैंकले २६ करोड ९३ लाख ८९ हजार रूपैयाँ नाफा आर्जन गरेको थियो।
बैंकले गत बर्षको तुलनामा यस बर्ष तेस्रो त्रैमाससम्मा अधिकांश सूचकमा सुधार गरेको यो बैंकले वितरणयोग्य मुनाफामा पनि उल्लेख्य सुधार गरेको छ। गत आर्थिक बर्षको चैत मसान्तमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड १ लाख ९४ हजार ८ सय ४३ रूपैयाँ ऋणात्मक रहेको थियो।
चालु आर्थिक बर्षको गत त्रैमास (पुस मसान्तसम्म) मा वितरणयोग्य मुनाफा १२ करोड ६ लाख २३ हजार ५ सय ७३ रूपैयाँ रहेको थियो। यो गत त्रैमासको तुलनामा ९९.१९ प्रतिशतले बढी हो।
यसका साथै, सांग्रिला डेभलपमेन्ट बैंकको प्रति सेयर वितरणयोग्य मुनाफा ९.०१ रूपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस डेभलपमेन्ट बैंकले ५६ अर्ब ६१ करोड कुल निक्षेप सङ्कलन गरेको छ जुन गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले बढी हो।
यस्तै, बैंकले तेस्रो त्रैमासमा ४६ अर्ब ८९ करोड ऋण लगानी गरेको छ जुन गत आर्थिक बर्षको तुलनामा ४.२३ प्रतिशतले बढी हो। सुधारसँगै यस डेभलपमेन्ट बैंकको जगेडा कोष बृद्धि भएर १ अर्ब ८६ करोड ९३ लाख ३ हजार ३३ रूपैयाँभन्दा बढी पुगेको छ भने प्रतिसेयर आम्दानी बढेर १६ रूपैयाँ २८ पैसा पुगेको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको रिटर्न अन इक्विटी १०.९३ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको चैत मसान्तमा यो प्रतिशत ७.७६ रहेको थियो। बैंकले खराब कर्जा घटाउनमा पनि प्रगति गरेको छ।
चालु आर्थिक वर्षको गत त्रैमासमा ४.९९ प्रतिशतमा रहेको यस डेभलपमेन्ट बैंकको खराब कर्जा तेस्रो त्रैमासमा ४.९७ प्रतिशतमा झरेको छ। समीक्षा अवधिमा नेटवर्थ १५२ रूपैयाँ ५६ पैसा रहेको छ।