काठमाडौँ। लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह आज (शुक्रबार) हुँदैछ।
विभिन्न तहमा अध्ययन पूरा गरेका एक विदेशीसहित २८९ जना विद्यार्थी शुक्रबार दीक्षित हुन लागेको विश्वविद्यालले जनाएको छ। स्नाकोत्तर तहका १८६, स्नातकका ८८, विद्यावारिधि पूरा गरेका ७ र पीजीडीका ८ जना विद्यार्थी दीक्षित हुनेछन्। स्नाकोत्तर तह उतीर्ण गरेका एक बेलायती नागरिक पनि दीक्षित हुनेछन्।
दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिनेछ। यस्तै बौद्ध शिक्षा, धर्मदर्शनको प्रवर्धनमा योगदान पुर्याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य) लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान पनि गरिनेछ। विश्वविद्यालयका अनुसार विश्वविद्यालयले पहिलोपटक मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्न लागेको हो।
समारोहमा विश्वविद्यालयका कुलपति समेत रहेका केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु प्रसाद पौडेलका साथै स्वदेशी तथा विदेशी विशिष्ट पाहुनाको सहभागीता रहनेछ।
उक्त विश्वविद्यालयमा अहिले ६८ विदेशीसहित २ हजार ३०० विद्यार्थी अध्ययनरत छन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar