रियलमीले नेपाली बजारमा ल्यायो सबैभन्दा स्लिम र छिटो चार्ज हुने स्मार्टफोन ‘रियलमी सी ६३’

काठमाडौं । विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमी ले रियलमी सी ६३ को ८+१२८ जीबी भेरिएन्ट नेपाली बजारमा ल्याउने घोषणा गरेको छ। उत्कृष्ट डिजाइन, शक्तिशाली फिचरहरू, र छिटो चार्जिङ प्रविधिसहितको यस स्मार्टफोनले नेपाली उपभोक्ताहरूलाई नयाँ अनुभव दिने विश्वास कम्पनीले व्यक्त गरेको छ।

रियलमी सी ६३ मा ४५ वाटको सुपरभोक चार्जर रहेको छ, जसले ५००० एमएएच ब्याट्री लाई छिटो चार्ज गर्न मद्दत गर्छ। एकपटकको चार्जले दिनभर स्मार्टफोन आरामले प्रयोग गर्न सकिने कम्पनीको दाबी छ। यसबाहेक, १ मिनेट चार्ज गर्दा १ घण्टासम्म कुरा गर्न सकिने सुविधा रहेको छ।

डिजाइनको कुरा गर्दा, ७.७४ मिमीको अल्ट्रा-स्लिम बडी भएका कारण रियलमी सी ६३ आफ्नो सेग्मेन्टकै सबैभन्दा पातलो स्मार्टफोन बनेको छ। साथै, प्रिमियम भिगन लेदर फिनिश भएकोले यो स्मार्टफोन आकर्षक मात्र नभई टिकाउ पनि छ। लेदर ब्लू र जेड ग्रिन दुई आकर्षक रङमा उपलब्ध यस स्मार्टफोनमा म्याजिक ग्लोइङ डिजाइन रहेको छ, जसले भिजुअल इफेक्टलाई थप आकर्षक बनाउँछ।

रियलमी सी ६३ मा अक्टा–कोर चिपसेट, ८ जीबी डाइनामिक र्‍याम र १२८ जीबी स्टोरेज छ, जसले फोनलाई मल्टी टास्किङका लागि सक्षम बनाउँछ।

यस स्मार्टफोनमा एयर जेस्चर प्रविधि रहेको छ, जसले प्रयोगकर्ताहरूलाई फोन नछोईकनै कल उठाउन र सामाजिक सञ्जालमा ब्राउज गर्न सहयोग गर्छ।

साथै, डायनामिक बटन ले सर्टकट फिचर प्रदान गर्छ भने राइडिङ मोड ले यात्रा अझ सुरक्षित बनाउँछ।

स्मार्टफोनमा एआई नोइज रिडक्सन प्रविधि पनि रहेको छ, जसले वरपरको आवाजलाई न्यून गर्दै स्पष्ट र क्लियर कलिङ अनुभव प्रदान गर्छ।

रियलमी सी ६३ मा ३८ प्रकारका चार्ज प्रोटेक्सन फिचरहरू छन्, जसले स्मार्ट चार्ज टेक्नोलोजी को प्रयोग गर्दै सुरक्षित चार्जिङ सुनिश्चित गर्छ। यो दिनभर गेमिङ, स्ट्रिमिङ र कार्यका लागि आवश्यक पावर प्रदान गर्न सक्षम छ।

रियलमी ल्याबले ४८ महिनासम्म फ्लुएन्सी प्रमाणपत्र दिएको यो स्मार्टफोन ४ वर्षसम्म बिना ल्याग सहज रूपमा चल्ने कम्पनीको दाबी छ। साथै, एआई बुस्ट प्रविधि र स्मूथ बुस्ट फिचर को कारणले फोन छिटो रिस्पोन्स दिन सक्षम छ।

रियलमी सी ६३ को गेम बुस्ट फिचर ले फ्रेम रेटको स्थिरता सुधार गर्दै १०% राम्रो गेमिङ अनुभव प्रदान गर्छ। ६.७४ इन्चको आई कम्फर्ट डिस्प्ले को साथ ९० हर्जको रिफ्रेस रेट उपलब्ध रहेको छ, जसले आँखालाई तनाव कम गर्दै जीवन्त दृश्य अनुभव दिन्छ। साथै, २००% क्षमताको अल्ट्रा बुम स्पिकर ले उत्कृष्ट अडियो अनुभव प्रदान गर्छ।

शक्तिशाली परफर्मेन्स, स्लिम डिजाइन, छिटो चार्जिङ र स्मार्ट फिचरहरूका कारण रियलमी सी ६३ नेपाली बजारमा उपभोक्ताहरूका लागि उत्कृष्ट विकल्प बन्ने अपेक्षा गरिएको छ। कम्पनीले यो फोन चाँडै नै नेपाली बजारमा उपलब्ध हुने जानकारी दिएको छ। 

प्रतिक्रिया