काठमाडौँ। एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालिबीच यस बैंकका ग्राहकको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ।
यस सम्झौतासँगै अब यस बैंकका ग्राहकहरूले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन्।
यस सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।
यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सशक्त रूपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरूप भक्तपुर इन्टरनेसनल हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरूको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिएको छ।
6 Saun 2082, Mangalbar 07:56 मा प्रकाशित
199