बजाज अटोले नेपालमा ल्यायो नयाँ इलेक्ट्रिक स्कूटर 'चेतक 3501', १५३ किमिको रेन्ज र अत्याधुनिक फिचरसहित

काठमाडौं । विश्वकै सबैभन्दा ठुलो दुईपांग्रे र तीनपांग्रे सवारी निर्माता बजाज अटो लिमिटेड ले नेपालमा आफ्नो अत्याधुनिक इलेक्ट्रिक स्कूटर Chetak 3501 को भव्य लन्च गरेको छ। यो स्कूटर भारतबाहिर चेतकको पहिलो अन्तर्राष्ट्रिय सार्वजनिक अनावरण हो, जसले नेपालको इलेक्ट्रिक मोबिलिटीको युगलाई नयाँ दिशातर्फ डोर्याउने अपेक्षा गरिएको छ।

Chetak 3501 मा 3.5 kWh क्षमताको ब्याट्री छ, जसले एक पटक चार्जमा १५३ किमिसम्म यात्रा गर्न सकिन्छ। यो लामो शहरी वा उपशहरी यात्रा गर्ने नेपाली प्रयोगकर्ताहरूका लागि अत्यन्त उपयोगी छ। यसको फास्ट चार्जिङ प्रविधिले केवल ३ घण्टामै ८०% चार्ज गर्न सक्ने क्षमता राख्दछ।

पानी प्रतिरोधी (IP67 रेटिङ) पूर्ण मेटल बडी भएको चेतक 3501 ले हरेक मौसममा भरपर्दो प्रदर्शन दिन्छ। ३५ लिटरको अन्डर सिट स्टोरेजले यसलाई EV सेग्मेन्टमा सबैभन्दा ठूलो बनाएको छ।

TecPac एडअनसहित यो स्कूटरमा स्मार्ट TFT टचस्क्रिन डिस्प्ले, म्याप्स, संगीत नियन्त्रण, कागजात भण्डारण, कल ह्यान्डलिङ, र अन्य सुरक्षा फिचरहरू जस्तै जिओ-फेन्सिङ, गाइड-मी-होम लाइट, रिमोट इम्मोबिलाइजेसन, र दुर्घटना पहिचान प्रणाली उपलब्ध छन्।

Chetak 3501 अब काठमाडौंको नक्सालस्थित चेतक कस्टमर एक्सपेरियन्स जोन मा बुकिङ खुला गरिएको छ। यसको मूल्य रु. ३,२४,९०० निर्धारण गरिएको छ। यो स्कूटर साउन २२ गतेदेखि सुरु हुने NAIMA AutoShow मा सार्वजनिक प्रदर्शन गरिनेछ (Stall R3B)।

बजाज अटोका एसिया क्षेत्र उपाध्यक्ष मनिष थापरले भने, "नेपालमा चेतक 3501 को सुरुवात हाम्रो ग्लोबल EV यात्राको महत्वपूर्ण हिस्सा हो। यो मोडेल टेक-सेवी नेपाली युवा पुस्ताका लागि लक्षित गरिएको छ।"

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “यो स्कूटर स्मार्ट टेक्नोलोजी, उत्कृष्ट निर्माण र वातावरणीय उत्तरदायित्वको सन्तुलन हो, जसले नेपालको शहरी यातायात प्रणालीलाई परिवर्तन गर्नेछ।”

प्रतिक्रिया