नेपालमा पश्चिमी वायुको प्रभावः तराई र उपत्यकामा बाक्लो हुस्सु-कुहिरो, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर पश्चिमी वायुको प्रभाव कायम रहेको छ। हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ। तराईका अधिकांश स्थान तथा काठमाडौंलगायत उपत्यकामा हुस्सु/कुहिरो लागेको छ, जसले दृश्यता कम भएको र यातायातमा असर परेको छ।

दिउँसोः तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो कायम रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

रातिः तराईका धेरै स्थानमा हुस्सु रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागसहित गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली कायम रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुन सक्नेछ।

विभागले तराई र उपत्यकामा हुस्सु/कुहिरोका कारण सवारी साधन चलाउँदा तथा हवाई उडानमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। उच्च हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले चिसो र सम्भावित हिमपातबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्नेछ।

प्रतिक्रिया