काठमाडौँ। फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपालका आशीर्वादराज झाले दोस्रो स्थान हासिल गर्नुभएको छ।
नेदरल्याण्डमा सम्पन्न सो प्रतियोगितामा विश्वका विभिन्न नौ देशका १८ टोलीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा झाले ‘समूह इकोग्रब’ बाट भाग लिएका थिए।
काठमाडौँ फरेस्टी कलेजको स्नातक तहमा अध्ययनरत विद्यार्थी आशीर्वादले नेतृत्व गरेका उक्त समूहले प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको उनका भाइ अभिनमले जानकारी दिए।
‘समूह इकोग्रब’का तर्फबाट आशीर्वादले आफ्नो परियोजनामा कालो सैनिक झिङ्गाको अनुसन्धानमा आधारित ‘इनोभेटिभ’ समाधान प्रस्तुत गरेका थिए। यो अनुसन्धानले खाद्य प्रणालीमा टिकाउ र दिगो समाधान खोज्नमा सहयोग पु¥याउने विश्वास लिइएको छ।
कालो सैनिक झिङ्गाको प्रयोगले फोहोर व्यवस्थापन र पोषक तत्व पुनः प्राप्त गर्न मद्दत गर्दछ। जसले वातावरणीय र कृषिसम्बन्धी समस्या समाधान गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ।
यस प्रतियोगितामा हासिल गरेको सफलतापश्चात, ‘इकोग्रब’ समूह युवा खाना प्रयोगशाला कार्यक्रमको तयारीमा जुटेको छ। यो कार्यक्रम अक्टोबर २०२५ मा इटलीको रोममा आयोजना हुनेछ। जहाँ जित हासिल गरेका टोलीहरू आफ्नो परियोजनालाई थप विस्तार गर्न र कार्यान्वयन गर्न अवसर प्राप्त गर्नेछन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar