शाओमीले ल्यायो दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग

काठमाडौं।  ०७ असोज: ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष अफर लिएर आएको छ । “दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग” योजना  अन्तर्गत ग्राहकहरुले आफ्ना लेटेस्ट मोडेलहरुको खरिदमा रु. ४००० सम्मको छुट पाउँन  सक्ने  कम्पनीले बताएको छ । यस चाडपर्व विशेष अफर भाद्र ३० देखी कार्तिक ३० सम्म लागु हुने छ 

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री मनु मनस्वीज्युले भन्नुभयो, “ शाओमीका स्मार्टफोनहरुले हाम्रा ग्राहकहरूको यसपालीको चाडपर्वलाई विशेष बनाओस् भन्ने हाम्रो चाहना हो । “दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग” क्याम्पेन हामीले यसैको लागि ल्याएका हौ । हामी विश्वास गर्छौं कि नयाँ प्रविधिमा सबैको पहँुच पुग्नुपर्छ र तेस्को लागि यस्तो अफरहरु प्रभावकारी हुन्छन भन्ने हाम्रो विस्वास रहेको छ ।”

अफरहरु :                                                                                                                                         

रेड्मी नोट १३ः

६/१२८ जीबी: पुरानो मूल्य रु. २४,९९९ , अफर मूल्य रु. २३,४९९ मात्र 

८/२५६ जीबी: पुरानो मूल्य रु. २७,९९९ , अफर मूल्य रु. २५,९९९ मात्र 

रेड्मी नोट १३ प्रोः

८/२५६ जीबी: पुरानो मूल्य रु. ३४,९९९ , अफर मूल्य रु. ३२,९९९ मात्र 

१२/५१२ जीबी: पुरानो मूल्य रु. ३९,९९९ , अफर मूल्य रु. ३५,९९९ मात्र 

रेड्मी नोट १३ प्रो प्लस ५ जीः

८/२५६ जीबी: पुरानो मूल्य रु. ४७,९९९ , अफर मूल्य रु. ४४,९९९ मात्र 

१२/५१२ जीबी: पुरानो मूल्य रु. ५२,९९९ , अफर  मूल्य रु. ४९,९९९ मात्र 

६/१२८ जिबी र ८/२५६ जिबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा रहेको छ । त्यसैगरी, रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर र ८/२५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग  भएको  हुँदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ /२५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

भाद्र ३० देखी कार्तिक ३० सम्म लागु हुने यो चाडपर्व विशेष अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।


प्रतिक्रिया