काठमाडौँ। मुक्तिनाथ विकास बैंकले लाभांश वितरण नगर्ने भएको छ। बैंकको २०८१ पौष १ गते बसेको सञ्चालक समितिको ३४० औँ बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैंकको आ. व. २०८०/८१ को वित्तिय विवरणबाट कायम भएको वितरण योग्य मुनाफलाई लाभांश वितरण नगरी संचित मुनाफा खातामा राख्ने र सोही सोही अनुसार वित्तिय विवरण प्रकाशन गर्नका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने बैंकले जनाएको छ।
यसका साथै राष्ट्र बैंकबाट वित्तिय विवरण स्वीकृतको क्रममा कुनै संसोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सो समेत समावेश गरी बैंकको १८ औँ बार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गरिने बैंकले जनाएको छ।
3 Poush 2081, Mangalbar 10:21 मा प्रकाशित
120
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar