विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ? यस्तो छ आजको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। 

आज अमेरिकी डलर एकको खरिद दर १३६ रूपैयाँ ४६ पैसा र बिक्री दर १३७ रूपैयाँ ६ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिद दर १४७ रूपैयाँ ६३ पैसा र बिक्री दर १४८ रूपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७६ रूपैयाँ ६३ पैसा र बिक्री दर १७७ रूपैयाँ ४० पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १५४ रूपैयाँ ९२ पैसा र बिक्री दर १५५ रूपैयाँ ६० पैसा रहेको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रूपैयाँ ३० पैसा र बिक्री दर ८५ रूपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ८ पैसा र बिक्री दर ९५ रूपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०१ रूपैयाँ ६८ पैसा र बिक्री दर १०२ रूपैयाँ १३ पैसा रहेको छ। 

जापानी येन १० को खरिद दर ९ रूपैयाँ १४ पैसा र बिक्री दर ९ रूपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ८१ पैसा र बिक्री दर १८ रूपैयाँ ९० पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ३८ पैसा र बिक्री दर ३६ रूपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ४४ पैसा र बिक्री दर ३७ रूपैयाँ ६० पैसा रहेको छ। 

त्यस्तै, थाई भाट एकको खरिद दर ४ रूपैयाँ २ पैसा र बिक्री दर ४ रूपैयाँ ४ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ १५ पैसा र बिक्री दर ३७ रूपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ७५ पैसा र बिक्री दर ३० रूपैयाँ ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रूपैयाँ २५ पैसा र बिक्री दर ९ रूपैयाँ २९ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १३ रूपैयाँ ६१ पैसा र बिक्री दर १३ रूपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ ७९ पैसा र बिक्री दर १९ रूपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

विस्तृत तालिकामा हेर्नुहोस्


प्रतिक्रिया