काठमाडौँ। विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स) नेपालले ८ हजारभन्दा बढी संरचना निर्माण गरेको छ।
डिप्रोक्स नेपालको ३२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक पीताम्बरप्रसाद आचार्यले संस्थाले गरिबी निवारणमा र महिला सशक्तीकरणको क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको बताए।
वि.सं. २०५० मा स्थापना भएको डिप्रोक्स नेपाल गैरसरकारी संस्था हो। नेपाल सरकार र ३७ वटा विभिन्न दातृ संस्थाको सहयोगमा ३१ वर्षको अवधिमा ६९ जिल्लामा ९७ वटा परियोजना सञ्चालन गरी करिब २० लाख जनसङ्ख्यालाई सेवा दिइसकेको संस्थाका निर्देशक कैलाश रिजालले जानकारी दिए।
उनले भने, “हामीले गरिबी निवारण, लघुवित्त, प्राकृतिक स्रोत र विपद् व्यवस्थापन, आप्रवासनजस्ता क्षेत्रमा काम गर्दै आएका छौँ। हालसम्म आठ हजारभन्दा बढी पूर्वाधारको संरचना निर्माण हामीले गरिसकेका छौँ। ग्रामीण तथा सहरी क्षेत्रमा दुवैतिर सक्रिय रहेर काम गरिरहेका छौँ।”
संस्थाले सञ्चालन गरिरहेको विभिन्न परियोजनाका लाभान्वित सदस्यहरूले परियोजनाले जीवनशैलीमा ल्याएको परिवर्तनबारे अनुभव बाँडेका थिए। वित्तीय साक्षरताले पैसा बचत गर्न र लगानी गर्न निकै सघाउ पुगेको एक सहभागीले अनुभव सुनाए। गरिबी निवारणको उद्देश्य लिएर स्थापना भएको यस संस्थाले तीनै तहका सरकार र सरोकार भएका संस्थासँग सहकार्य र समन्वय गरी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar