मंसिरमा घरजग्गा कारोबारसँगै बढ्यो राजस्व सङ्कलन, कहाँबाट कति?

काठमाडौँ।  अघिल्लो महिनाको तुलनामा गत मंसिरमा घर जग्गाको कारोबारबाट सङ्कलन हुने राजस्वमा वृद्धि भएको छ। मंसिरमा देशभर ४३ हजार ३७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ। यो कारोबार गत कार्तिकको तुलनामा २९.४३ प्रतिशतले बढी हो।

यस्तै, गत कार्तिकमा देशभर ३३ हजार ५१४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो। घरजग्गा कारोबार बढेसँगै मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९ सय ७६ रूपैयाँ बराबर सङ्कलन भएको छ। 

गत आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनाको तुलनामा पनि यो वर्ष मंसिरमा ३.६५ प्रतिशतले घरजग्गा कारोबार बढेको देखिन्छ। गत वर्ष मंसिरमा देशभर ४१ हजार ८ सय ५१ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो। 

गत कार्तिकमा घर जग्गाको कारोबारबाट २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजस्व सङ्कलन भएको थियो। 

अघिल्लो महिनाको तुलनामा गत मंसिरमा घर जग्गाको कारोबारबाट सङ्कलन हुने राजस्वमा वृद्धि भएको छ। मंसिरमा देशभर ४३ हजार ३७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ। 

यसका साथै, गत कार्तिकमा देशभर ३३ हजार पाँच सय १४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो।

कुन मालपोतबाट कति सङ्कलन भयो राजस्व? 

काठमाडौँ उपत्यकामा ९ वटा मालपोत कार्यालयहरू छन्। तीमध्ये सबैभन्दा बढी राजस्व सङ्कलन मालपोत कार्यालय लगनखेलबाट भएको देखिन्छ। 

मालपोत कार्यालय लगनखेलले मंसिरमा ३३ करोड ९५ लाख २ हजार ८ सय ७३ बराबरको राजस्व सङ्कलन गरेको हो।  त्यस्तै, मालपोत कार्यालय कलङ्कीले २६ करोड ५७ लाख २५ हजार ४ सय २५ बराबरको राजस्व सङ्कलन गरेको छ। 

विभागका अनुसार मालपोत कार्यालय चाबहिलले २२ करोड ५८ लाख २३ हजार ८ सय १५, साँखुले ७ करोड ५० लाख २२ हजार ६ सय २९, मनमैजुले ७ करोड २६ लाख ३४ हजार २ सय ३३, टोखाले ७ करोड १२ लाख ४५ हजार ७ सय ६५ बराबरको राजस्व सङ्कलन गरेको छ।

यस्तै, मालपोत कार्यालय विराटनगरले १० करोड ४९ लाख १० हजार ३ सय ९१, मालपोत कार्यालय चितवनले ३५ करोड ९८ लाख ३१ हजार १ सय ८४ बराबरको राजस्व सङ्कलन गरेको छ ।

विभागमा अनुसार मंसिरमा सेवा कर २६ करोड ६ लाख २५ हजार ६ सय ९०, रजिष्ट्रेसन दस्तुर २ अर्ब ६३ करोड ७८ लाख १२ हजार ३ सय ४० बराबरको राजस्व सङ्कलन भएको छ। 

यसैगरी, १ अर्ब ३१ करोड ६३ लाख ४३ हजार ७ सय १४ बराबरको पुँजीगत लाभकर सङ्कलन गरेको छ। 

प्रतिक्रिया