काठमाडौं । गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन’ सार्वजनिक भएको छ। आदेश गुरुमाचनको संगीत र समिर राईको शब्दमा आधारित यो गीत प्रेम र प्रेमका सुनौला क्षणहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ।
गीतको म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी अनुप डगोलले गरेका छन् भने छायांकन र सम्पादन विजय राज भुर्तेलले गरेका छन्। भिडियोमा मोडल समिक्षा पोखरेल र एस राज गाराचको अभिनय देख्न सकिन्छ।
प्रेमिल भावनालाई कलात्मक शैलीमा उतार्ने यस गीतले श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। भिडियोको छायांकन, सम्पादन, र मोडलहरूको प्रस्तुति गीतसँग राम्रोसँग मेल खाएको छ, जसले दर्शकलाई थप आकर्षित गरेको छ।
20 Bhadra 2081, Bihibar 05:19 मा प्रकाशित
321
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar