काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलन तथा प्रदर्शनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण, लुटपाट, आगजनीजस्ता हिंसात्मक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले आन्दोलनका क्रममा सर्वसाधारण एवं व्यवसायीहरूको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन भएको भन्दै आपत्ति जनाएको छ।
२०८१ चैत्र १५ गते काठमाडौंमा भएको आन्दोलन तथा प्रदर्शनका क्रममा भएका घटनाले मानविय क्षति पुगेको महासंघले जनाएको छ। ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
महासंघले प्रदर्शनका क्रममा मिडिया हाउस, व्यावसायिक प्रतिष्ठान, कार्यालय तथा व्यापारिक गतिविधिहरूमाथि भएको आक्रमण, आगजनी र लुटपाटको कडा भर्त्सना गरेको छ। महासंघले पीडितहरूलाई क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेको छ।
संविधानले नागरिकलाई आफ्ना माग राख्न दिने अधिकार भए पनि हिंसात्मक प्रदर्शन, तोडफोड, आगजनी र व्यक्तिगत सम्पत्तिमाथिको आक्रमण निन्दनीय रहेको महासंघले स्पष्ट पारेको छ। यस्ता घटनाको पुनरावृत्ति रोक्न तथा सार्वजनिक सुरक्षाको प्रत्याभूति गर्न महासंघले सरकारसहित सम्बन्धित निकायहरूलाई तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar