काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ। हाल कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदलीको अवस्था छ।
सुदूरपश्चिम, बागमती र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज, मंगलबार, देशभर सामान्यदेखि आंशिक बदली रहने र हिमाली, पहाडी र तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। रातको समयमा पनि यस्तै अवस्था कायम रहने अनुमान छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका विभिन्न क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेकोले नदी-नाला र खहरे खोलाहरूमा पानीको बहाव बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिम हुन सक्छ। यसले दैनिक जनजीवन, सडक र हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकोले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई सतर्क रहन र पछिल्लो मौसमी सूचना लिन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar