काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ।
यस्तै, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, हङकङ डलर, कुवेती दिनार, ओमनी रियालको भाउमा पनि बढोत्तरी देखिएको छ। युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनरको मूल्य भने घटेको छ। त्यस्तै, केही विदेशी मुद्राको भाउ भने स्थिर छ।
आज अमेरिकी डलर एकको खरिद दर १३८ रूपैयाँ १४ पैसा र बिक्री दर १३८ रूपैयाँ ७४ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ५ पैसा र बिक्री दर १४४ रूपैयाँ ६८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७१ रूपैयाँ ७८ पैसा र बिक्री दर १७२ रूपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १५२ रूपैयाँ ४६ पैसा र बिक्री दर १५३ रूपैयाँ १२ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ३२ पैसा र बिक्री दर ८६ रूपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ८६ पैसा र बिक्रीदर ९६ रूपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ १९ पैसा र बिक्री दर १०२ रूपैयाँ ६३ पैसा रहेको छ।
त्यसैगरी, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ८९ पैसा र बिक्री दर ८ रूपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ ५ पैसा र बिक्री दर १९ रूपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ८३ पैसा र बिक्री दर ३६ रूपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ८९ पैसा र बिक्री दर ३७ रूपैयाँ ७७ पैसा रहेको छ।
त्यस्तै, थाई भाट एकको खरिद दर ४ रूपैयाँ ८ पैसा र बिक्री दर ४ रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ६१ पैसा र बिक्री दर ३७ रूपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रूपैयाँ ४५ पैसा र बिक्री दर ३१ रूपैयाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रूपैयाँ ५६ पैसा र बिक्री दर ९ रूपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिद दर १२ रूपैयाँ ५५ पैसा र बिक्री दर १२ रूपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ ३० पैसा र बिक्री दर १९ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar