एसियन कपको उपाधि कतारले लगातार दोस्रो पटक जित्यो

माघ २८ , काठमाडौं । कतारले लगातार दोस्रो पटक एएफसी एसियन कपको उपाधि जितेको छ । घरेलु मैदानमा शनिबार भएको फाइनलमा जोर्डनलाई ३-१ ले पराजित गर्दै कतारले उपाधि रक्षा गरको हो । कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरे । उनले सबै गोल पेनाल्टीमा गरेका थिए । खेलको २२औं मिनेटमा अफिफे पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । तर, ६७औं मिनेटमा याजन अल नाइमतले जोर्डनका लागि बराबरी गोल फर्काए ।

त्यसपछि कतारले थप दुई पेनाल्टी पायो । जसमा अफिफले नै गोल गरे । उनले ७३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै कतारलाई २-१ को अग्रता दिलाए । यस्तै इन्जुरी टाइमा पनि पेनाल्टीमा गोल गरी ह्याट्रिक पूरा गरे भने कतारको जित पक्का गरे । कतारले यसअघि २०१९ मा पनि उपाधि जितेको थियो र लगातार दोस्रो पटक एसियन कप जित्ने पाँचौं टोली बन्यो ।कतारका अक्रम अफिफ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । साथै ८ गोल गरेका अफिफले सर्वाधिक गोलकर्ताको अवार्ड पनि पाए ।

प्रतिक्रिया