प्रीतम श्रेष्ठको नयाँ लोकगीत ‘माकुरीको जाल’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ।  नेपाली गीत संगितको बजार तातिरहेको बेला साङ्गीतिक क्षेत्रमा सक्रिय गीतकार तथा सर्जक प्रीतम श्रेष्ठको नयाँ लोकगीत ‘माकुरीको जाल’ सार्वजनिक भएको छ। उक्त गीतलाई प्रीतम श्रेष्ठकै युट्युब च्यानल ‘Pritam Shrestha’ मार्फत सार्वजनिक गरिएको हो। गीतले प्रेम कहानी तथा समाजको यर्थाततालाई चित्रण गर्न खोजेको छ।

गीतमा अहिलेका चर्चित गायक अर्जुन सापकोटा र शान्ता रानी परियारको सुमधुर स्वर सुन्न सकिन्छ भने संगीत संयोजन कृष्ण बजुरालीले गरेका छन्। यस गीतको निर्देशन प्रविण थापाले गरेका हुन भने छायांकन राजेश घिमिरेले र सम्पादन अमृत चापागाईँले गरेका छन्। गीतको म्यूजिक भिडियोमा चर्चित कलाकार विना राउत र मुकुन्द भट्टको दमदार अभिनय देख्न सकिन्छ।

हाल अमेरिकाको सान फ्रान्सिस्को, क्यालिफोर्नियामा बसोबास गरिरहेका प्रीतम श्रेष्ठ, क्यालिफोर्निया राज्यको अनुसन्धान डेटा विशेषज्ञ (Research Data Specialist) को रूपमा कार्यरत छन्। नेपालबाट टाढा रहे पनि नेपाली संस्कृति र संगीतप्रति गहिरो लगाव राख्दै, उनले निरन्तर रूपमा परम्परागत नेपाली लोकगीत लेख्दै र संगीतबद्ध गर्दै आइरहेका छन्।

श्रेष्ठले हालसम्म ‘मुटु रेटियो’, ‘माथि माथि माया बग्छ’, र ‘यसपालीको दशैं-तिहार’ जस्ता विभिन्न गीतहरू सार्वजनिक गरिसकेका छन्, भने उनले श्रोता माझ राम्रो चर्चा कमाएका छन्।

‘माकुरीको जाल’ गीतले प्रेम, समर्पण, माया र पीरतीका विविध आयामलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। चर्चित कलाकार मुकुन्द भट्ट र विना राउतको अभिनयले गीतलाई थप जीवन्त बनाएको छ।

नयाँ गीत सुन्न र हेर्नका लागि प्रीतम श्रेष्ठको आधिकारिक युट्युब च्यानल ‘Pritam Shrestha’ मार्फत जान सकिनेछ।

https://youtu.be/m7RAx7xJ9zc?si=eMaUjsUhyIh7hBBO

प्रतिक्रिया