फूलपातीको दिन असन बजारमा बाक्लो चहलपहल, काठमाडौँमै दशैं मनाउनेको संख्या बढ्यो

काठमाडौँ । यसपाली बिगतका वर्षझैं दशैंको समयमा असन बजारमा किनमेल गर्न आउनेहरूको भीड यसपटक घटेको छैन। राजधानी काठमाडौँमा रहेका बासिन्दाले फूलपाती र बिजयादशमीको लागि आवश्यक सामग्रीहरू खरिद गर्ने क्रम बढ्दै गर्दा बजारमा चहलपहल अझै बढेको छ।

यस वर्षको दशैंमा काठमाडौँबाट बाहिरिनेको संख्या विगतका वर्षहरूभन्दा कम देखिएको छ। केही दिनअघि परेको भारी वर्षाका कारण देशभरका बाटो र पुलहरू भत्किएकाले धेरै दुर्गम स्थानहरूमा पुग्न गाह्रो भएको छ। यसले गर्दा लामो दूरीका यात्रा गर्न असहज भएकोले, धेरै परिवारहरुले यसपटक काठमाडौँ उपत्यकाभित्रै दशैं मनाउने सोच बनाएका छन्। 

बिराटनगर घरभएका सुमन भट्टराई भन्नुहुन्छ यसटक बाटो बिग्रिएको छ भने गाडीको भाडा पनि बढेको छ । अर्कोतिर बस व्यवसायी अनिल भन्नुहुन्छ यसपटक पहिलाका बर्षहरुझै यात्रुहरू छैनन्, केहीले आफ्नो व्यक्तिगत कारणले बाहिर नजाने निर्णय गरेका छन् भने कतिपयले काठमाडौँको मौजुदा अवस्थामा दशैं मनाउनु नै उचित ठानेका छन्।


प्रतिक्रिया