काठमाडौं। नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले मनसुनको प्रभाव सामान्य रहेको छ। बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रवाह निरन्तर छ।
हाल कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशमा मुख्यतः सफा देखि आंशिक बदलीको अवस्था छ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा सामान्य बदलीसहित थोरै स्थानमा मध्यम वर्षा, पहाडी क्षेत्रमा सामान्य बदलीसहित कोशी, बागमती र गण्डकीमा मध्यमदेखि भारी वर्षा र अन्यमा मध्यम वर्षा, तथा तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदलीसहित मधेश, लुम्बिनी र सुदूरपश्चिममा मध्यम वर्षा र अन्यमा एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। रातको समयमा हिमाली क्षेत्रमा सामान्य बदलीसहित कोशी, बागमती र गण्डकीमा मध्यमदेखि भारी वर्षा, पहाडी क्षेत्रमा सामान्य बदलीसहित कोशी, बागमती र गण्डकीमा मध्यमदेखि भारी वर्षा र अन्यमा मध्यम वर्षा, तथा तराई क्षेत्रमा सामान्य बदलीसहित कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिममा मध्यम वर्षाको सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई अनुरोध गरिएको छ।