काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ १०० सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
बिहीबारको तुलनामा आज शुक्रबार डलरको भाउ बढेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३८ रूपैयाँ ३१ पैसा र बिक्री दर १३८ रूपैयाँ ९१ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ७६ पैसा र बिक्री दर १४४ रूपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७१ रूपैयाँ ९३ पैसा र बिक्री दर १७२ रूपैयाँ ६८ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १५२ रूपैयाँ ५१ पैसा र बिक्री दर १५२ रुपैयाँ ८७ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ १३ पैसा र बिक्री दर ८६ रूपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ र बिक्री दर ९६ रूपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ ३४ पैसा र बिक्री दर १०२ रूपैयाँ ७९ पैसा रहेको छ। जापानी येन १० को खरिदर ८ रूपैयाँ ९५ पैसा र बिक्री दर ८ रूपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ ७ पैसा र बिक्री दर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ८७ पैसा र बिक्री दर ३७ रूपैयाँ ३ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ३८ रूपैयाँ १० पैसा रहेको छ।
त्यस्तै, थाई भाट एकको खरिद दर ४ रूपैयाँ १० पैसा र बिक्री दर ४ रूपैयाँ १२ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ६६ पैसा र बिक्री दर ३७ रूपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रूपैयाँ ४८ पैसा र बिक्री दर ३१ रूपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रूपैयाँ ५९ पैसा र बिक्री दर ९ रूपैयाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १२ रूपैयाँ ५४ पैसा र बिक्री दर १२ रूपैयाँ ६० पैसा, डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ २७ पैसा र बिक्री दर १९ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar