यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ २४ पैसा र बिक्री दर १३४ रूपैयाँ ८४ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४५ रूपैयाँ २८ पैसा र बिक्री दर १४५ रूपैयाँ ९३ पैसा रहेको छ।

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७४ रूपैयाँ २४ पैसा र बिक्री दर १७५ रूपैयाँ २ पैसा रहेको छ। स्विस फ्र्याङ्क एकको खरिद दर १५४ रूपैयाँ ७७ पैसा र बिक्री दर १५५ रूपैयाँ ४६ पैसा रहेको छ।

त्यस्तै, अष्ट्रेलिएन डलर एकको खरिद दर ८८ रूपैयाँ ९९ पैसा र बिक्री दर ८९ रूपैयाँ ९३ पैसा, क्यानडिएन डलर एकको खरिद दर ९६ रूपैयाँ ९२ पैसा र बिक्री दर ९७ रूपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०१ रूपैयाँ ६५ पैसा र बिक्री दर १०२ रूपैयाँ ११ पैसा रहेको छ।

कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ८२ पैसा र बिक्री दर ३६ रूपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

विस्तृत तालिकामा हेर्नुहोस


प्रतिक्रिया