काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ १०० सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलरको मुल्य स्थिर छ भने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, साउथ कोरियन वनको मूल्य बढेको छ। स्विस फ्र्याङ्क, क्यानेडियन डलर, क्यानेडियन डलर, स्विडिस क्रोनरको मूल्य घटेको छ भने अन्य विदेशी मुद्राको भाउ स्थिर छ।
आजका लागि अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ ६४ पैसा र बिक्री दर १३८ रूपैयाँ २४ पैसा रहेको छ।
युरोपिएन युरो एकको खरिद दर १४४ रूपैयाँ ४४ पैसा र बिक्री दर १४५ रूपैयाँ ७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १७१ रूपैयाँ ८० पैसा र बिक्री दर १७२ रूपैयाँ ५५ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १५१ रूपैयाँ ९५ पैसा र बिक्री दर १५२ रूपैयाँ ६१ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ८७ पैसा र बिक्री दर ८७ रूपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ९५ पैसा र बिक्री दर ९६ रूपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ २६ पैसा र बिक्री दर १०२ रूपैयाँ ७० पैसा रहेको छ।
जापानी येन १० को खरिद दर ८ रूपैयाँ ८२ पैसा र बिक्री दर ८ रूपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ र बिक्री दर १९ रूपैयाँ ८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ६९ पैसा र बिक्री दर ३६ रूपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ७५ पैसा र बिक्री दर ३७ रूपैयाँ ९२ पैसा रहेको छ।
त्यस्तै, थाई भाट एकको खरिद दर ४ रूपैयाँ १० पैसा र बिक्री दर ४ रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ४७ पैसा र बिक्री दर ३७ रूपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रूपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रूपैयाँ ६३ पैसा र बिक्री दर ९ रूपैयाँ ६७ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १२ रूपैयाँ ६० पैसा र बिक्री दर १२ रूपैयाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ ३६ पैसा र बिक्री दर १९ रूपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar