काठमाडौँ। वास्तुशास्त्र प्राचीन विज्ञानमध्ये एक हो। वास्तुको अर्थ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ अनुशासन र निर्देश भन्ने हुन्छ।
यसको अर्थ वास्तु शास्त्र भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुरालाई बुझिन्छ। वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरूप मान्न सकिन्छ। वास्तु शास्त्र पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ।
वास्तु शास्त्रमा घरका सम्पूर्ण पक्षहरू के कसरी निर्माण गर्ने भन्ने बारे जानकारी दिइएको हुन्छ। घर निर्माणमा प्रयोग हुने विभिन्न पक्षहरुमध्ये रङ पनि एक हो। वास्तु शास्त्रमा घरमा रङको प्रयोग कसरी गर्ने भन्नेबारे पनि निर्देश गरिएको पाइन्छ।
रङले हाम्रो सोच र विचारमा ठूलो असर पार्छ। उचित रङको प्रयोगले घरको वातावरण शान्त रहेको महसुस गर्न सकिन्छ। वास्तु शास्त्रअनुसार घरको शोभा बढाउन र घरमा खुसियाली कायम गर्न निम्न कुराहरू ध्यानमा राखी रङको प्रयोग गर्नु उपयुक्त हुन्छ।
घरमा रङ लगाउँदा ध्यान दिनुहोस् यी कुराहरूलाई
१. शयन कक्षमा गुलाबी, हल्का हरियो र हल्का निलो रङको प्रयोग गरेको शुभ हुन्छ।
२. बैठक कोठामा पहेंलो, हरियो, निलो, हल्का खैरो रङ प्रयोग गर्न राम्रो हुन्छ।
३. भान्सा कोठामा पहेंलो, सेतो, सुन्तला, गुलाबी, रातो र चकलेट रङ लगाउनु राम्रो हुन्छ।
४. स्नान कक्ष (बाथरूम) का लागि सेतो, खैरो, गुलाबी र फिक्का रङ लगाउनु शुभ मानिन्छ।
५. घरको कुनै पनि स्थानमा कालो रङको प्रयोग गर्नु शुभ मानिदैन ।