काठमाडौँ। महालक्ष्मी विकास बैंकको दुई शाखा कार्यालय स्थानान्तरण भएको छ। बैंकको बैंकको झापा शाखा र कलैया शाखा स्थानान्तरण भएको हो।
बैंकको झापा जिल्ला दमक नगरपालिका वडा नं. ७ स्थित हनुमान चोकमा सञ्चालनमा रहेको उक्त शाखा कार्यालय आज अर्थात आइतबार (असार ८ गते) झापा जिल्ला दमक नगरपालिका वडा नं. ५ दमक चोकमा स्थानान्तरण भई सञ्चालनमा आएको हो।
त्यसैगरी, बैंकको बारा जिल्ला कलैया उप-महानगरपालिका वडा नं. १ मा सञ्चालनमा रहेको उक्त शाखा कार्यालय कलैया उप-महानगरपालिका वडा नं. १ बारा कलैयामा स्थानान्तरण भई सञ्चालनमा आएको हो।
8 Asar 2082, Aaitabar 10:06 मा प्रकाशित
353