काठमाडौं। नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा. लि. ले मोटरसाइकल खरिदका लागि नयाँ स्किम सार्वजनिक गरेको छ। अब ग्राहकहरूले झन्झटिलो फाइनान्स प्रकृयालाई बाइपास गरी नागरिकता मात्र देखाएर मोटरसाइकल किन्न सक्ने सुविधा पाउनेछन्।
कम्पनीका अनुसार यसअघि मोटरसाइकल खरिदका लागि घरजग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आयस्रोत प्रमाणपत्रजस्ता विभिन्न कागजात आवश्यक पर्दथे। तर, अब यी कागजातको सट्टा नागरिकता लिएर ग्राहकले सरल फाइनान्समार्फत मोटरसाइकल खरिद गर्न सक्नेछन्।
फाइनान्स प्रक्रिया थप सहज
किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टा भित्रै लोन पास गर्न सक्ने सुविधा पाउनेछन्। साथै, यो स्किमअन्तर्गत ९.९९% ब्याजदरमा मोटरसाइकल फाइनान्स गर्न सकिने कम्पनीले जनाएको छ।
देशभरका शोरुममा उपलब्ध
बजाजका सबै आधिकारिक शोरुमहरूमा उपलब्ध सवै मोडलहरूमा यो सुविधा लागू हुने जनाइएको छ। यस स्किमले ग्राहकलाई मोटरसाइकल खरिद गर्न अझ सहज बनाउँदै बजाज ब्रान्डप्रतिको विश्वास बढाउने अपेक्षा गरिएको छ।
यो नयाँ स्किमले बजाज मोटरसाइकलका ग्राहकहरूलाई सहज र द्रुत फाइनान्स सेवाको अनुभव दिलाउने विश्वास लिइएको छ।