देशभरको मौसम अपडेट: केही स्थानमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुनसक्नेछ । साथै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना रहेकोले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्नेहरूले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।


प्रतिक्रिया