नेपाल आयल निगम ऋणमुक्त, २६ अर्ब आन्तरिक दायित्व बाँकी

काठमाडौं । नेपाल आयल निगमले गत मंगलबार अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलाई अन्तिम किस्तास्वरुप ७० करोड रुपैयाँ बुझाएर ऋणमुक्त भएको  छ। 

सरकारबाट लिएको सात अर्ब रुपैयाँ ऋण चुक्ता गरेसँगै निगम ऋणमुक्त भएको नेपाल आयल निगमले जनाएको छ । यसअघि नै निगमले सरकारलाई ६ अर्ब ३० करोड रुपैयाँ ऋण तिरिसकेको थियो । तर, आन्तरिक दायित्व भने नेपाल आयल निगमको २६ अर्ब रहेको छ।

निगमका एक उच्च अधिकारीका अनुसार पेट्रोल खरिद गर्दाको हाम्रो आन्तरिक दायित्व भने २६ अर्बभन्दा बढी रहेको छ । मूल्य स्थिरीकरण कोषको २१ अर्ब, एयरलाइन्स तथा विक्रेताहरूको दुई अर्ब र तीन अर्ब २० करोड २०७४ अगाडि कर्मचारी आवासका लागि गरिने प्रोभिजनको पैसा तेल खरिद गर्नमा खर्च गरिएको छ।  

आन्तरिक दायित्वको रकममा ब्याज नलाग्ने भएकाले स्वचालित मूल्य लागु भएमा नाफाबाट नै निगमले यो आन्तरिक दायित्वबापतको रकम मिनाहा गर्ने छ । तर, अहिलेकै अवस्थामा भने समस्या पर्ने  देखिएको छ।  

प्रतिक्रिया