काठमाडौँ। दोस्रो उपत्यकाव्यापी अन्तर पालिकास्तरीय मेयर कप फुटबल प्रतियोगितामा आयोजक गोदावरी नगरपालिका विजयी भएको छ।
गोदावरी नगरपालिकाको आयोजनामा वडा नम्बर १० स्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार शुरू भएको प्रतियोगितामा गोदावरीले महालक्ष्मी नगरपालिकालाई ६-१ को गोल अन्तरमा हराउँदै विजयी सुरूवात गरेको हो।
गोदावरीको जितमा खेलको म्यान अफ दि म्याच भएका अरुण लामाले ४ गोल गरे। उनले पहिलो हाफ र दोस्रो हाफ दुवैमा २ मिनेटको अन्तरमै २-२ गोल गर्न सफल भए।
अर्को एक गोल पासाङ लामाले गर्दा थप एक गोल सान्त्वना उपहार पायो। खेलको अन्तिम समयमा आएर महालक्ष्मीले सान्त्वना गोल फर्कायो। रोनेश राउतले एक गोल फर्काएका हुन्।
शनिबारको जितसँगै समूह 'ए' बाट गोदावरी नगरपालिकाले ३ अंक बटुलेको छ भने महालक्ष्मीको १ खेलबाट कुनै अकं छैन।
यो समूहमा रहेका ललितपुर महानगरपालिका र बागमती गाउँपालिकाले आज अर्थात आइतबार खेल्दैछन्।
प्रतियोगितामा उपत्यकाभित्रका मा १३ वटा पालिकाको सहभागिता रहेको छ। सहभागी भएका १३ वटा पालिकाका टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतियोगिता संचालन भएको आयोजकले जाकारी दिएको छ।
प्रतियोगिताको विजेता टिमले ५ लाख र उप-विजेतालाई ३ लाख रुपैयाँ सहित ट्रफी पुरस्कार पाउनेछन्।
अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले उपत्यकामा नयाँ खेलाडी उत्पादन र फुटबलको विकास गर्ने उदेश्यले उपत्यकाब्यापी अन्तर नगरपालिका फुटबलको आयोजना गरिएको बताए।
उक्त खेलको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका थिए भने गोदावरी मेयर कप फुटबल आगामी जेठ ३ गतेसम्म चल्ने आयोजकले जनाएको छ।