काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूका साथै देशका अन्य पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हिमपातको सम्भावना रहेको जानकारी महाशाखाले दिएको छ।
महाशाखाले आगामी २४ घण्टाको लागि जारी गरेको चेतावनी अनुसार, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै प्रदेशहरूका थोरै र अन्य पहाडी भेगका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना पनि रहेको छ।
भारी वर्षाका कारण नदीहरूको जलस्तरमा वृद्धि, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता सम्भावित प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, यातायात र दैनिक जनजीवनमा असुविधा वा जोखिम हुनसक्ने मौसमविद्हरूले बताएका छन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar