काठमाडौँ। तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ४० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ। यसका साथै नविल इन्भेष्टमेन्ट बैंङ्किङ लिमिटेड नरायणचौर नक्साल काठमाडौँ, नबिल बैंक लिमिटेड छत्तर शाखा, म्याडलुङ शाखा, फेदाप शाखा र सङ्क्रान्तिबजार शाखा, तेह्रथुम र कुमारी बैंक लिमिटेड मेन्छायायम शाखाबाट हकप्रद शेयर खरिदका लागि दरखास्त पाइने, रकम जम्मा गर्ने र आवेदन बुझाउन सकिने कम्पनीनले जनाएको छ।