काठमाडौँ । हालै देशमा व्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल यस घटनाबाट प्रभावित सम्पूर्ण परिवारसँग गहिरो समवेदना प्रकट गर्दछौ ।
जीवन गुमाउनु पर्ने पीडादायी घटनाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौ। साथै, घाइतेभएका सम्पूर्ण नागरिकहरूकोशीघ्रस्वास्थ्य लाभकोलागि समते हार्दिक प्रार्थना गर्दछौ।
नेपालकोअटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीकोमहत्वपूर्ण आधारशिला हो। तर हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेका छन्। कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति समते चिन्ता बढेको छ ।
देशको बर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर र्पुयाएको छ र दीर्घकालीन रुपमा लगानी र रोजगारीमा पनि चुनातैी थपिएकोछ। शान्तिपूर्ण सम्वाद र सहमतिको बाटो बाट हरेक जटिल र कठीन समस्याहरुको समाधान खोज्न सकिन्छ भन्ने हाम्रो गहिरो विश्वास रहेकोछ । साथै, सम्पूर्ण व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गर्दै अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आह्वान गर्दछौ ।
नाडाले आफ्नोसदस्य कम्पनीहरूकोहित, उपभोक्ताकोविश्वास, र देशकोसमग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिवद्धता व्यक्त गर्दछ। हामी विश्वास गर्दछौं कि एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक सम्वादमाफर्त मुलकु छिट्टैस्थायित्वतर्फ अघि बढ्नेछ भन्नेविश्वास समेत लिएका छौ।
नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । अव छिटै मन्त्रिपरिषद समेत गठन हुने र यस सरकारले आउदो ६ महिनाभित्र आम निर्वाचन समेत सम्पन्न गर्ने जिम्मेवारी लिएको सन्दर्भमा आम नेपाली जनताको भावना र मर्मलाई आत्मसात गर्न योसरकार सफल हुनेछ भन्नेकुरामा शुभकामना समेत व्यक्त गर्दछौ।