माघ ४ ,गोरखा । यहीँ माघ ११ गते हुने राष्ट्रिय सभाका सदस्य पदको निर्वाचनका लागि गठबन्धनबाट गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदकालागि उमेद्वारहरु मतदाताहरुसँग भोट माग्न आज गोरखा सदरमुकाम आईपुगेका छन् ।
गण्डकी प्रदेशबाट गठबन्धनका तर्फबाट उमेद्वार बनेका नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उमेद्वार मनरुपा शर्माले आज सदरमुकाममा मतदाताहरुसंग भेटघाट गरेका हुन् ।
मतदाता भेटघाट कार्यक्रममा उमेद्वारहरुले निर्वाचनमा जितेर गएपछि मतदाताहरुप्रतिको जिम्मेवारी नभुल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘‘तपाई गाउँपालिका अध्यक्ष उपाध्यक्षहरु पनि हाम्रा मतदाता हुनुहुन्छ, हामी तपाईहरुले दिएको मतले विजयी भएर जाने हो, नेपाली काँग्रेस गण्डकी प्रदेशबाट राष्ट्रियसभाका उमेद्वार रहेका किरणबाबु श्रेष्ठले भने, ‘‘चुनाव जितेर गएपछि तपाईहरु प्रति नै उत्तरदायी भएर काम गर्नेछौ ।’’
आफुहरुको विजयले राष्ट्रियसभालाई संविधानले दिएको अधिकार र संविधानको आकांक्षा पुरा गर्न भूमिका निर्वाह गर्ने उनले बताए । ‘‘इमान्दारिता, सत्य र निष्ठापूर्वक मुलक र राष्ट्रको पक्षमा लाग्नेछु, उनले भने, ‘‘तर मलाई लोभलालच केही पनि छैन हामी राष्ट्रिय सभाको गरिमालाई उचों राख्ने गरी काम गर्नेछौं ।’’
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदका उमेद्वार रहेकी उमेद्वार मनरुपा शर्माले मतदाताहरुसँग निर्वाचन जितेर गएपछि सवै मतदाताको भावना समेट्न सक्ने जनप्रतिनिधिको रुपमा रहेर काम गर्ने प्रतिवद्धता गरिन । ‘‘जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुसक्छु भन्ने विश्वास छ, उनले भनिन्, ‘‘जनयुद्धमा नै परिवार गुमाई सकेकाले अव मैले गर्ने काम जनता र हो देशका लागि मात्र हो ।’’
काँग्रेसकाका तर्फबाट अपाङ्गता तथा अल्पसंख्यकहरुको तर्फबाट उमेद्वार बनेका पदमबहादुर परियारले मतदाताहरुसंग राष्ट्रिय सभाबाट बन्ने ऐनकानुन तथा नीतिनियमलाई समावेशी बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गोरखा जिल्लामा ११ पालिका रहेको छ । मतदाता भेटघाट कार्यक्रममा गोरखा जिल्ला भित्रका पालिकाका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो । राष्ट्रियसभाका लागि गोरखाका गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मात्र मतभार ४१८ रहेको छ ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar