काठमाडौँ। छ्याङदी हाईड्रोपावरको हकप्रद शेयरमा आजदेखि बिक्री आवेदन खुला भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयरका लागि बिक्री खुला गरेको हो।
लगानीकर्ताहरूले आगामी असार १२ गते सम्म हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। गत जेठ २ गते कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ।
जेठ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य मानिएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १२ गते हकप्रदका लागि स्वीकृती पाएको थियो।
यस कम्पनीले माथिल्लो छन्दी खोला साना जलविधुत आयोजना निर्माणको भुक्तानी गर्न, नुप्चे लिखु जलविधुत आयोजनामा गरिएको ऋण रकम भुक्तानी गर्न र अन्य अल्पकालिन ऋण भुक्तानी गर्नका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो।
हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।