काठमाडौँ। दोर्दी खोला जलविधुत कम्पनी लिमिटेडले निष्काशन गरेकाे हकप्रदका लागि आवेदन दिने आज वैशाख ८ गते (सोमबार) अन्तिम दिन रहेकाे छ। कम्पनीले १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयर भर्ने आज वैशाख ८ गते अन्तिम दिन रहेकाे हाे।
कम्पनीले आफ्नो चुक्ता पुँजी १ अर्ब पाँच करोड ४२ लाख ६० हजार ४ सय रूपैयाँको शत प्रतिशत अर्थात् १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर निष्काशन गर्न लागेको हो। प्रति कित्ता शेयरको अंकित मूल्य १०० रूपैयाँ रहेको छ।
नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि-आस्वा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि-आस्वा (CASBA) प्रणाली मार्फत समेत आवेदन दिन सकिने छ। साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” प्रयोग गरी अनलाइन मार्फत आवेदन दिन सकिनेछ।
यसका साथै, सानिमा बैंक लिमिटेड, विराटनगर शाखा, वीरगञ्ज शाखा, बिरौटा शाखा, पोखरा, कास्की, बुटवल शाखा, नेपालगञ्ज शाखा, बिरेन्द्रनगर शाखा, धनगढी शाखा, वेसीसहर शाखा, सानिमा क्यापिटल लिमिटेड, सम मार्ग, नक्साल, काठमाण्डौँ गएर पनि आवेदन दिन सकिने जनाइएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar