नेपालमा पश्चिमी वायु र बंगालको खाडीको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, तराईमा हुस्सु/कुहिरो कायम

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ भने दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव देखिएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली भएको छ भने बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु कायम रहेको छ भने बाँकी तराईका धेरै स्थानमा कुहिरो लागेको छ जसले दृश्यता कम भएको छ।

दिउँसो: तराईका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु/कुहिरो रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली कायम रहने छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम सफा रहनेछ।

राति: तराईका केही स्थानमा हुस्सु रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहने अनुमान छ भने बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

हुस्सु/कुहिरोका कारण तराई क्षेत्रमा सवारी यातायात र हवाई उडानमा असर पर्न सक्ने भएकाले यात्रुहरूलाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। नियमित मौसमी अपडेटका लागि महाशाखाको जानकारीमा ध्यान दिनुहोला।

प्रतिक्रिया