एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय काठमाडौँको कमलादीस्थित आफ्नै भवनमा स्थानान्तरण

काठमाडौँ।  एनआइसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय कमलादी, काठमाडौँ-२८ स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ।

उक्त नवनिर्मित भवन वैदिक सनातन विधिपूर्वक पूजा अर्चना गरी बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले जेठ १० गते उद्घाटन गरेका हुन्। 

सो समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा बैंकका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी यस अघि रहेको थापाथली, काठमाडौँ–११ स्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरूको कार्यालय लगायत विभिन्न विभागहरू आफ्ना सम्पूर्ण सेवा तथा सुविधाहरू कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्ने गरी कर्पोरेट कार्यालय स्थानान्तरण भएको हो। 

कार्यालय स्थानान्तरण भएसँगै आदरणीय ग्राहकहरू तथा सरोकारवालाहरूले उक्त स्थानबाट बैंकले प्रदान गर्ने सम्पूर्ण सेवाहरू थप सहजताका साथ प्राप्त गर्नुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ। 

एन आई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ। 

साथै, बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत आफ्नो सेवा विस्तार गरेको छ।   



प्रतिक्रिया