बजाजको ग्रान्ड कार्निभल २०८१: भृकुटीमण्डपमा १८+ भ्यालुएटर्स र १० तोला चाँदी जित्ने मौका

काठमाडौँ । असोज ०८ : नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवम बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभल ल्याएको छ । नेपालीहरुको महान चाड विजयादशमी, तथा दीपावलीको अवसर पारेर बजाजले  २०८१ असोज ७ देखि १२ सम्म भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो । 

यस ग्रान्ड कार्निभल अन्तर्गत ग्राहकहरुले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ सर्वाधिक भ्यालुएसन पाउन सक्नेछन । साथै सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक भाग्यशाली विजेताले लक्की ड्र मार्फत १० तोला चाँदी जित्ने मौका पाउन सक्नेछन । 

यस ग्रान्ड कार्निभलमा ग्राहकहरुले आफ्नो पुरानो मोटरसाइकलसँग नयाँ बजाज बाईक खरिद र साटासाट गर्ने सुविधा पनि पाउनेछन । 

कार्निभल यही असोज ७ देखी १२ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा जारी रहनेछ ।

प्रतिक्रिया