काठमाडौँ। सुर्खेत र दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन्। डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन्।
निजी सवारी साधनमा यात्रा गरिरहेकाहरू त रोकेर मनमोहक सो दृश्यलाई समाजिक सञ्जाल टिकटक बनाउन एवं तस्विर लिन आतुर हुन्छन्।
कृषक देवेन्द्र गोदारले ३ रोपनी क्षेत्रफलमा लगाएका फूलखेतीले यात्रुको आँखा खिचेको हो। उनले वर्षदेखि फूलखेती गरेका हुन्। उनले भने “गतवर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ।”
उनले अघिल्लो वर्ष पनि २ रोपनीमा सयपत्री फूल लगाएका थिए। उनले भने, गतवर्षको फूल नोक्सानी बेहोर्नुपरेको थियो। त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ। यस वर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब रू २ लाख आम्दानी हुने अनुमान उनले गरेका छन्।
कृषि विकास कार्यालय दैलेखका प्राविधिक गणेशबहादुर शाहील जिल्लामा फूलखेतीको संभावना राम्रो रहेको बताए। किसान देवेन्द्रले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। सडकको छेउमै भएकाले उत्पादन गरेको तरकारी जिल्ला सदरमुकाम दैलेख बजार, चुप्रा, डुङ्गेश्वर र सुर्खेतसम्म पनि पठाउन सजिलो समेत भएको छ। उनले ३ जनालाई रोजगारसमेत दिएका छन्। उनले भने, “ तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar