अमेरिकी डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैयाँ १५ पैसा र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।  

आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा रहेको छ।  

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३३ पैसा र बिक्री दर १०१ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०८ रुपैयाँ र बिक्री दर १०८ रुपैयाँ ४७ पैसा रहेको छ। 

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रुपैयाँ १ पैसा रहेको छ। 

युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 


प्रतिक्रिया